Saturday, May 14, 2016

सिन्धुपाल्चोकको भूकम्पले काठमाडौं हल्लायो

काठमाडौं,जेठ २ । आज बिहानै सिन्धुपाल्चोक केन्द्र भएर गएको भूकम्पको धक्काले राजधानी काठमाडौंसम्म हल्लाएको छ । सिन्धुपाल्चोक केन्द्र भएर गएको ४.४ रेक्टर स्केलको भूकम्पको पराकम्पन सिन्धुपाल्चोक सहित काभ्रे, काठमाडौं उपत्यका सहित नुवाकोट जिल्लामा पनि अनुभव गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान साढे ४ बजे सिन्धुपाल्चोकको इचोक आसपालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प गत बर्ष बैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पको पराकम्पन हो ।

केन्द्रका अनुसार हिजो बिहान पनि सिन्धुपाच्लोक जिल्ला नै केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन गएको थियो । आज गएको पराकम्पन सहित गत बर्ष गोरखा बारपाक केन्द्र भएर गएको विनाशकारी भूकम्प पति ४ रेक्टर स्केलमाथिका ४५८ वटा पराकम्पन भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts