Saturday, May 14, 2016

लोकमानसिंह कार्कीको सुरक्षामा २९ जनाको डफ्फा

काठमाडौं,जेठ २ । राष्ट्रिय मानवअधिकार ओयोगका प्रमुख अनुपराज शर्माको व्यक्तिगत सुरक्षामा नेपाल प्रहरी मुख्यालयले २ जना सुरक्षाकर्मी खटाएको छ। तर समान हैसियतका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको सुरक्षामा मुख्यालयले २९ जनाको डफ्फा पठाएको छ। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० अनुसार सवैधानिक अंगका प्रमुखको कानुनी हैसियत एकै भए पनि कार्कीले शर्माको भन्दा ११ गुणा बढी सुरक्षाकर्मी पाएका हुन्। कार्यविधिले सवैधानिक अंगका प्रमुखले पाउने सुरक्षाकर्मीको संख्या २ जना प्रहरीमात्रै तोकेको छ । कार्की र अन्य मन्त्रालयको हकमा भने गृह मन्त्रालयले कार्यविधि मिचेको छ । कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts