Sunday, May 1, 2016

आइपिएल क्रिकेट:मुम्बईले पुणेलाई हरायो,धोनीको टोली संकटमा

एजेन्सी,बैशाख २० । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आइतबार रातिको खेलमा मुम्बई इण्डियन्स् राइजिङ पुने सुपरजाइन्टस्लाई हराएको छ । पुनेमा भएको खेलमा मुम्बई ईण्डियन्सले पुणेलाई ८ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको पुणेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। सौरभ तिवारीले ५७ रन बनाएका थिए भने स्टिभ स्मिथले ४५ रनको योगदान दिएका थिए। कप्तान धोनीले २४ बलमा २४ रन बनाएका थिए। मुम्बईका जसप्रित बुमताहले ३ विकेट लिएका थिए।

राइजिङ पुने सुपरजाइन्ट्सले दिएको १ सय ६० रनको लक्ष्य मुम्बइले ९ बल बाँकी छदा मात्र दुई विकेटको क्षतिमा भेट्टायो । मुम्बइका लागि कप्तान रोहित शर्माले नट आउट ६० बलमा ८५ रनको योगदान दिए । उनले आठ चौका र तीन छक्का प्रहार गरे । यस्तै जोस बुल्टरले २७, अम्बती रायडुले २२ र पार्थिव पटेलले २१ रनको योगदान दिए । पुनेका लागि अशोक दिन्डा र रविचन्द्रन आश्विनले एक एक विकेट लिए । जारी लिगमा मुम्बई इण्डियन्स् १० अंक सहित दोस्रो स्थानमा पुगेको छ भने पुने चार अंक सहित छैठौँ स्थानमा छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts