काठमाडौं,जेठ १४ । बहिनीको शंकास्पद मृत्युपछि बेल्जियममा रहेका राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थल ओर्लिएकपछी सिधै महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेका छन् । बिहिबार आफ्नै घरमा बहिनीको शंकास्पद मृत्युभएपछि बिमल बेल्जियमको यात्रा छोट्याएर फर्केका विमलले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उनले परिवारका सदस्यसँग भेटेका छन्।
विमलले ‘अन्तिमपटक बहिनीको अनुहार हेर्ने’ बताएपछि पोस्टमार्टमको समय सारिएको छ। चिकित्सकहरुले १० बजेपछि नै पोस्टमार्टमको तयारी गरेका थिए। चक्रपथस्थित आफन्तकी घरमा रहेकी आमालाई लिएर उनी टिचिड पुगेका बिमल अहिले आमासँगै अस्पतालमै छन् । बिहनीको लास देखेपछि बिमल भक्कानिएर रोएका थिए । मनीषाको हत्याको आशंका गरिएकोले उनको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको हो ।
बर्दघाट नगरपालिका-८ नवलपरासीस्थित घरमै मृत अवस्थामा फेला परेकी मनिषाको शवलाई गएराति काठमाडौं ल्याइएको हो। पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। यति बेला टिचिङ अस्पतालमा मनिषाकी आमासहित आफन्तहरु, विमलका खेलाडी साथी, शुभचिन्तकहरुको भिड लागेको छ। घुँडाको उपचारका लागि वैशाख २९ गते बेल्जियम गएका विमल बहिनीको मृत्युको खबर पाएपछि फर्किएका हुन्।
No comments:
Post a Comment