Friday, May 27, 2016

एनआरएन अध्यक्ष शेष घले दम्पत्तीको एक बर्षमा साढे ४ अर्ब रुपैयाँ बढ्यो

काठमाडौं,जेठ १४ । शेष घले गैर आवासिय नेपाली संघ एनआरएनको अध्यक्षका रुपमा जति परिचित छन् त्यतीनै परिचित छन् उनको सम्पत्तिका कारण । अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा पर्दै आएका उनै शेष घले र पत्नी जमुना गुरुङको सम्पत्ती एकै बर्षमा ५ करोड ८० लाख डलर अर्थात् करिव ४ अर्ब ४६ करोड रुपैयाँ नेपाली रुपैयाँ बराबर थपिएको छ ।

धनीहरुको सूची प्रकाशित गर्दै आएको अष्ट्रेलियाको बीआरडब्लु म्यागेजिनले नै घले दम्पत्तीको सम्पत्ती विवरण सार्वजनिक गरहेको हो । सन् २०१६ को सूची शुक्रबार बिहान प्रकाशन गरे अनुसार घले दम्पत्ति कुल ५८ करोड ६० लाख डलर सम्पत्ति रहेको छ । जस अनुसार उनिहरु सूचीको १०५ औं स्थानमा रहेका छन् ।

सम्पत्ती बढेपनि गत बर्षको तुलनामा घले दम्पत्ती अष्ट्रेलियाको धनीहरुको सूचिमा पाँच स्थान तल झरहेका छन् । गत बर्ष सूचीको १०० औं स्थानमा परेका घले दम्पत्तिको सम्पत्ति ५२ करोड ८० लाख अष्ट्रेलियन डलर रहेको थियो ।

एमआइटी ग्रुप होल्डिङमार्फत् घले दम्पत्तिले शिक्षा र रियलस्टेट क्षेत्रमा अष्ट्रेलियामा लगानी गरेको छ ।
मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआइटी)मा बिभिन्न देशका करिव ३ हजार ५ सय बिदेशी बिद्यार्थी अध्ययनरत रहेका छन् ।

यस्तै एमआइटी होल्डिङमार्फत् उनीहरुले रियल स्टेटल तथा होटलमा लगानी गरिरहेका छन् । मेलवर्न र सिड्नीका केही महत्वपूर्ण भवनमा उनीहरुको स्वामित्व रहेको छ ।

स्मरणीय के छ भने शेष घले र उनको पत्नी कुनै धनी परिवारको नभई नेपाली सामान्य परिवारका थिए । सन् १९९० को दशकमा बिद्यार्थीका रुपमा अष्ट्रेलिया प्रवेश गरेका घले दम्पत्तिले आफ्नै मेहनत र परिश्रमबाट अहिलेको सफलता पाएका हुन् ।

सन् २०१३ यता बिश्वभर छरिएका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ को नेतृत्व गरिरहेका घलेले नेपाल काठमाडौंमा करिव १२ अर्ब रुपैयाँको लगानीमा शेराटन होटल खोल्दैछन् भने

घले दम्पत्तीले पछिल्लो समय युरोपीय देशहरुमा होटल तथा पर्यटन क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । –

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts