Sunday, May 22, 2016

प्रत्येक निर्वाचन क्षेत्रमा सुपथ मूल्य पसल

काठमाडौं,जेठ १० । सरकारले सबै निर्वाचन क्षेत्रमा स्थायी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । आम उपभोक्तालाई राहत दिने उद्देश्यले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना आगामी वर्षको बजेट तथा कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी भइरहेको आजको अन्नपूर्णमा समाचार छ ।

यो योजना कार्यान्वयनमा ल्याउन आपूर्ति मन्त्रालयले आवश्यक खाका तयार पारेर अर्थ मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीका अनुसार आम उपभोक्तालाई बजार मृत्युभन्दा सस्तोमा खाद्यान्यसहित अन्य दैनिक उपभोग्यका वस्तु उपलव्ध गराउन बजेटमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन प्रस्ताव गरिएको हो । उनका अनुसार आगमी आर्थिक वर्ष कम्तीमा भूकम्पबाट अति प्रभावित १४ वटा जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइनेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts