Sunday, May 22, 2016

नक्कली भारुको बजार बन्दै नेपाल

काठमाडौं,जेठ १० । नक्कली भारुको कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई आफ्नो नयाँ बजार बनाउन थालेको छ । यसअघि नेपाल नक्कली भारु तस्करीमा ट्रान्जिट रुपमा मात्र हुने गरेकोमा ६ महिनायता कारोबार पनि हुने गरेको छ । प्रहरीले ठूलो मात्रामा नक्कली भारुसहित दुईवटा गिरोहलाई पक्राउ गरी अनुसन्धान गर्दा नेपाली बजारमा ठूलो मात्रामा नक्कली भारु फैलिएको खुलेको हो ।

करिब ५५ लाख नक्कली भारुसहित प्रहरीले दुई साता लामो अप्रेसनमा काठमाडौं तथा तराईबाट सातजनालाई पक्राउ गरेको हो । उनीहरले एक करोडभन्दा धेरै भारु नेपाली बजारमा फैलाइसकेको खुलेको हो ।

नक्कली भारुको छपाइ तथा तस्करी गर्ने पाकिस्तानि समूहले नक्क्ली डलरको पनि कारोबार सुरु गरेको छ । प्रहरीले ३५ लाख नक्कली भारु बरामद गरेको समूहबाट १९ हजार अमेरिकी डलरसमेत बरामद गरेको छ । आजको नयाँ पत्रिकाले समाचार लेखेको छ

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts