एजेन्सी,जेठ १० । कोपा डेल रे कपको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा सेभिल्लालाई २-० गोल अन्तरले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाका लागि यो कोपा डे रेको २८ औं उपाधि हो । साथै उसले यो सिजन स्पेनिस दुई उपाधि ला लिगा र कोपा दुबै जितेको छ ।
बार्सिलोनाको लागि जोर्डी अल्बा र नेमारको गोल गरे । गोलरहित बराबरीमा ९० मिनेटको खेल सकिएपछि दुबै टिममा १० जनामा सिमित खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको छैठौँ मिनेटमा गोल गर्दै अल्बाले बार्सालाई अग्रता दिलाएका थिए । नेमारको अर्को उत्कृष्ट गोलले बार्सिलोना २(० ले विजयी भयो ।
No comments:
Post a Comment