Monday, May 16, 2016

संघीय गठवन्धनको बालुवाटार घेराउमा लाठीचार्ज

काठमाडौं,जेठ ४ । संघीय गठबन्धनलेले सुरु गरेको बालुवाटार घेराउमा लाठीचार्ज भएको छ । संविधान पुर्नेलखनको माग गर्दै राजधानी केन्द्रित आन्दोलन शुरु गरेको तेस्रोदिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ बढेपछि सुरक्षाकर्मीले रोक्दा त्यहाँ झडप भएको छ।

बालुवाटार क्षेत्र तनावग्रस्त बनेको छ। भाटभटेनीदेखि झाँकीसहित सुरु भएको र्‍याली प्रधानमन्त्रीको निवास अगाडि बढे पनि सुरक्षाकर्मीहरुले राष्ट्रबैंक चोक नपुग्दै रोकेका थिए। सरकारविरुद्ध नाराबाजी गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच केहिबेर धकेला धकेल भएको थियो । प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पारेको छ । बालुवाटार क्षेत्रलाई प्रहरीले चार स्थानबाट घेरा हालेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts