Monday, May 16, 2016

सिंहदरबारपछि वालुवाटारलाई निशाना बनाउँदै मोर्चा

काठमाडौं,जेठ ४ । संघीय गठवन्धनले बालुवाटार घेराउ सुरु गरेको छ । दुईदिन सिंहदरवार घेराउ गर्दापनि आफ्नो मागमा केहि पनि सुनुवाई नभएको भन्दै गठवन्धनले प्रधानमन्त्रीलाई प्रत्यक्ष दवाव दिन बालुवाटार घेराउ सुरु गरेको हो । संविधान खारेजको माग गर्दै संघीय गठबन्धनले उपत्यका केन्द्रित आन्दोलन गर्दै आइरहेको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्रीनिवास बालुवाटबरआसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको १०० मि सम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मि सम्म निषेधित क्षेत्र तोकिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts