Tuesday, May 17, 2016

अमेरिकी भिसा निवेदन दिन अब सजिलो,के-के चाहिन्छ डकुमेन्ट ?

काठमाडौं । अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि सजिलो तरिका ल्याएको छ । भिसा प्रक्रियामा परिवर्तन गर्दै आवेदकका लागि कागजी प्रक्रिया घटाउन लागेको हो । नयाँ प्रक्रिया अनुसार जेठ १९ गतेदेखि पर्यटक र विद्यार्थी भिसाका लागि निवेदन दिँदा अब बैँक स्टेटमेन्ट र घरजग्गाको लालपूर्जा नचाहिने भएको छ।

सम्भावित छलकपटबाट जोगाउन र पैसा र समय बचत गर्न’ यसो गरिएको अमेरिकी दूतावासले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। जेठ १९ गते लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा निम्न कागजपत्रहरू मात्र ल्याउनु पर्नेछ:
राहदानी
पुराना राहदानी
DS-160 कन्फर्मेशन पेज
आवेदन शुल्क भुक्तानी रसिद
फोटो
I-20 (विद्यार्थी भिसा आवेदकका लागि)
ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि)
अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्दछ ।
अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्‍त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेका छन्।

कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचासहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्‍त गरेकोले यस्तो व्यवस्था गरिएको जनाइएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts