Wednesday, April 20, 2016

वदशक समरथन खजद मधस मरच

काठमाडौं,बैशाख ९ । मधेसी दलले आन्दोलनमा विदेशीको समर्थन जुटाउने छलफल गर्दैछन्। आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुअघि उनीहरुले बिहीवार दिउँसो नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिसँग् भेट्दै छन्। कुटनीतिज्ञहरुसँग पछिल्लो अवस्थाबारे छलफल गर्न लागिएको संघी समाजवादी फारेमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। यादवले भने,‘नेपालको अहिलेको परिस्थितिबारे छलफल गर्ने गरी भेटघाट तय गरेका हौं।’ छलफल र्याडिसन होटलमा हुँदैछ। छलफलमा आफ्ना माग र आन्दोलनबारे कुटनीतिज्ञहरुलाई प्रस्ट पारिने मोर्चाका नेताहरुको भनाई छ।

त्मलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा १९ चैतमा बसेको मोर्चाको बैठकले ६ वैशाखमा अन्तक्र्रिया कार्यक्रम गर्ने र ९ वैशाखमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिलाई भेट्ने निर्णय गरेको थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts