Wednesday, April 20, 2016

इनजनयर र पइलट पन नककल !

काठमाडौं,बैशाख ९ । नक्कली चिकित्सकजस्तै देशमा ठूलो संख्यामा नक्कली इन्जिनियर पनि रहेको खुलेको छ। पाइलटहरु पनि शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचनाका आधारमा प्रहरीले छानविन अघि बढाएको छ। नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरिङ पास नै नभई प्रमाणपत्र लिएका ९ जनाको लाइसेन्स रद्द गरेको छ। परिषदले नक्कली इन्जिनियरमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ। ठूलो संख्यामा नक्कली इन्जिनियर रहेको आशंकामा अनुसन्धान पनि थालिएको छ।

पास नै नभई प्रमाणपत्र लिएर काम गर्ने नक्कली इन्जिनियरहरुमा प्रकाश पुडासैनी, शिवराम पोखरेल, सनत श्रेष्ठ, पुष्पराम शर्मा, कृष्णकुमार झा, हितेस सिंह, पुजनकुमार खत्री, नृपेश कोइराला र योगेन्द्र बम छन्। उनीहरुमध्ये पोखरेलको दर्ता खारेज गरिएको छ। एनले पोखराको एक कम्पनीबाट इन्जिनियरको रुपमा काम गर्दै आएका थिए।

५९ पाइलमाथि छानबिन

केही पाइलटको प्रमाणपत्र पनि नक्कली भएको सूचनाका आधारमा प्रहरीले छानविन थालेको छ। केन्द्रीय अनुसन्धान व्युरोले पाइलटहरुको शैक्षिक प्रमाणपत्रको छानबिन थालेको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts