Wednesday, April 20, 2016

नपल टलकमक कलपचछ सयर परसतव

काठमाडौं,बैशाख ९ । नेपाल टेलिकमको सिमबाट हुने प्रत्येक कलबापत निश्चित रकम छुट्याई त्यो रकम कल गर्ने व्यक्तिलाई सेयरस्वरुप उपलब्ध गराउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। नेपाल टेलिकमको कम्पनी सुधारको मार्गचित्र सार्वजनिक गर्ने क्रममा विभागीय मन्त्री समेत रहेका सूचना तथा सञ्चामन्त्री शेरधन राईले टेलिकम व्यवस्थापन समक्ष यस्तो प्रस्ताव राखेका हुन्।

टेलिकमको क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको भन्दै सञ्चामन्त्री राईले टेलिकमलाई एक नम्बरको कम्पनी बनाइराख्न जनतालाई त्यसको हिस्सेदार बनाउनु पर्ने प्रस्ताव राखेका हुन्। जनतालाई मालिक बनाई टेलिकमप्रति उनीहरुको निरन्तर झुकावका लागि उपभोक्तालाई सेयर दिनु वाञ्छनीय हुने उनको तर्क छ। आम जनतालाई टेलिकम आफ्नै कम्पनी हो भन्ने आभास दिलाउन पनि यो विकल्प उपयुक्त हुने विदेशमा समेत यो अभ्यास सुरु भइसकेको राईले बताए।

मन्त्रालयको यो प्रस्ताव टेलिकम सञ्चालक समितिले अनुमोदन गरे यसलाई आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत नै विधिवत् रुपमै घोषण गर्ने तयारी आफूले गरेको बताए।

यो योजना अनुसार टेलिकमले प्रत्येक कलमा दुई तीन पैसा मात्र छुट्याउन सके त्यसको करिब तीन वर्षमा टेलिकमका सवै प्रयोकर्ता सेयर होल्डर पनि बन्ने र त्यो फन्डमा जम्मा हुने पैसा नेपालकै सवैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्न पर्याप्त हुने हिसाबसमेत उनले सार्वजनिक गरे। राजधानी दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts