Tuesday, April 5, 2016

‘नेपालमा हस्तक्षेप गर्दा अन्तर्राष्ट्रिय समुदायमा एक्लियो भारत’

काठमाडौं,चैत २४ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय समुदायमा एक्लिएको र आफ्नै मुलुक भित्र चर्काे आलोचना खेपेपछि नेपालको मधेस आन्दोलनबाट भारत पछाडि सरेको ठहर गरेका छन्। मंगलबार सुरु भएको एमाले पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री अोलीले प्रतिकुल अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशका कारण अघोषित नाकाबन्दीलाई अघोषितरुपमै भारतले फिर्ता लिएको उल्लेख गरेका हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

ओलीले प्रतिवेदनमा भनेका छन्,’अन्तर्राष्ट्रिय जगतको व्यापक आलोचना आफ्नै देशभित्रको चर्काे दबाब, मधेस आन्दोलनलाई थप लम्ब्याउन नसकिने यथार्थबोधका कारण भारत सरकारले आफ्ना नीतिहरुको पुनरावलोकन गर्दै नाकाबन्दी अघोषित रुपमा हटायो।’

कुनै पनि मुलुकको आन्तरिक मामलामा अनुचित चासो र हस्तक्षेप वाञ्छनीय नहुने भन्दै ओलीले संविधान जारी गरेपछि भारतले अनावश्यक चासो राखेको उल्लेख गरेका छन्। उनले नाकाबन्दीको विषयमा अन्तर्राष्ट्रिय जगतको ध्यानकर्षण गराएको तथा भारत भ्रमणपछि सम्बन्धमा सुधार आएको पनि उल्लेख गरेका छन्। संविधान निर्माण कुनै पनि सार्वभौम मुलुकको आन्तरिक मामिला र सम्पूर्णरुपमा उसको स्वतन्त्र निर्णयको बिषय भएको उल्लेख गर्दै ओलीले त्यसमा अनुचित चासो र हस्तक्षेपलाई वाञ्छनीय र ग्राह्य नहुने उल्लेख गरेका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts