Tuesday, April 5, 2016

अब भने ठिक्ककी भइछन् डेनी (भिडियो सहित)

उमेर बढ्दै गएपछि सबैले एकचोटी अरुलाई हेरेर सोच्ने गर्छन् रे ‘अब भने ठिक्कको भइछ’ ।१६ वर्षेउमेरमा एउटा युवती देखेपछि सबैले आँखा लाउँछन् नै तर युवतीहरु म ठिक्कको भाछु भनेर भन्नेचाहिँ कमै हुन्छन् । गीतसंगीतको क्षेत्रको कुरा भने अर्कै हुँदोरहेछ । भर्खर भर्खर गायनमा पाइला चाल्दैगरेकी गायिका डेनी रेग्मी भने यतिखेर म त ठिक्ककी छु भन्न सक्ने भइछन् । सायद म ठिक्ककी भएँभनेर भन्ने गायिकामध्ये यी नै पहिलो होलिन् । उमेरकै कुरा गर्दा पनि उनी युवती नै हुन् क्यारे,आफ्नो कमको कुरा भनिन् अब ठिक्कको चाहिँ कसले आँखा लगाउला त्यो भने पर्खनै पर्छ ।

हिजोआज रेडियो, टीभी एवं युटुबमा बजिरहेको गीत हो ‘५ बाइ ५ म त ठिक्क कि’ । डान्सिङ गीतकोश्रेणीमा राखिएको यो गीत गायिका डेनी रेग्मीको आशिष एल्बममा रहेको गीत हो । केही समयअघिमात्रै रिलिज गरिएको यो गीतले अहिले सबैलाई नचाउन थालेको छ ।

गीतकार किरण बरालको शब्द र दिपक शर्माको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन भने उदयराजपौडेलले गरेका छन् । भिडियोमा निता ढुङ्गाना र रन्जन रिजालको रोमान्स् हेर्न पाइन्छ । उक्तभिडियोलाई रबिन्द्र बरालले खिचेका हुन् भने निर्देशन देवेन्द्र राज पाण्डेको रहेको छ । निशान घिमिरेलेसम्पादन गरेको उक्त भिडियोलाई आशिष घिमिरेले निर्माण गरेका हुन् । गायिका रेग्मीको एल्बम“आशिष”लाई भिजन नेपाल फिलिम्सले बजारमा ल्याएको हो भने एल्बमको बजार ब्यबस्थापन रासकृएसनले गरेको हो ।

Click here to view the embedded video.

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts