Tuesday, April 5, 2016

प्ले स्टोरबाट हटाइयो तालिवानको एप

गुगल प्ले स्टोरबाट आतंकवादी समूह तालिवानको अलेमारा नाम गरेको एप हटाएको छ । पास्ह्तो भाषाको यो एपमा तालिवानको आधिकारीक विज्ञप्ती र भिडियोहरु राख्ने गरिन्थ्यो ।

यो एप अप्रिल १ मा प्लेस्टोरमा राखिएको थियो । तालिावानले प्राविधिक समस्याको कारणले एप हटाइएको बताए पनि यसमा घृणा फैलाउने सामग्री राखिएकाले गुगल आफैंले हटाएको हुनसक्ने अनुमान गरिएको छ ।

जिहादी क्रियाकलापको अनुसन्धान गर्ने अमेरिकी संस्था साइट इन्टेल ग्रुपले यो एपको बारेमा जानकारी सार्वजनिक गरेको थियो ।

यो एप प्ले स्टोरबाट हटाइएको विषयमा गुगलले प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

Source : ekantipur.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts