Sunday, April 17, 2016

असारसम्म महाधिवेशन गर्न ३६ दललार्इ ‘अल्टिमेटम’,नगर्ने पार्टी खारेज हुने

काठमाडौं,बैशाख ६ । निर्वाचन आयोगले ३६ जनालाई आगमी असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको छ । दर्ता भएकामध्ये ३६ दलले तोकिएको समयमा महाधिवेशन नगरेको भन्दै निर्वाचन आयोगले ०७३ असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सो सयमभित्र पनि महाधिवेशन नगर्ने दल खारेजीमा पर्नेछन् । गत २ वैशाखमा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । तर, आयोगले ती दललाई महाधिवेशन गर्नेबारे पत्राचार भने गरिसेकेको छैन ।

विभिन्न बाहानामा राजनीतिक दलले आफ्नो पार्टीको विधानमा तोकिएको समय कटाउनुकाु साथै निर्वाचन आयोगको राजानीतिक दलसम्बन्ध एिेनले तोकेको समय पनि कटाएका थिए । समयमै महाधिवेशन नगर्नेहरुमा सरकारमा सामेल दलहरु समेत रहेका छन् । उपप्रधानमन्त्री विजयकुमार गच्छादारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, शान्तिमन्त्री एकनाथ ढकालको नेपाल परिवारदल लगायतका ३६ दललले लामो समय भइसक्दा पनि महाधिवेशन गरेका छनैनन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts