Sunday, April 17, 2016

उच्च मनोबलका साथ नेपाल नामिवियाविरूद्ध उत्रदै

काठमाडौं,बैशाख ६ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल आज उच्च मनोबलको साथ नामिवियासँग दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नामिबिया विरुद्धको दोस्रो खेलमा पनि जित हात पार्ने योजनामा नेपाल रहेको नेपाललाई आज जित्नै पर्ने दवाब छ । खेल विहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
शनिवार भएको नामिबियाविरुद्वको पहिलो खेलमा ५ विकेटले विजयी भएको नेपालले शीर्ष चारमा रहने आशा जिवितै राख्न पनि आजको खेल जित्नै पर्ने दबाबमा पनि छ।

निमिवियालाई आजको खेलमा पनि पराजित गर्न सके विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पर्ने आशा जिवितै रहनेछ। इदि नेपाल शीर्ष चारमा अट्न सके सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने पाउने छ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी आठ टोलीमध्ये शीर्ष चार भित्रपर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउँछन्। डिभिजन च्याम्पियनसिपमा आठ टोली छन् भने हरेकले हरेकसँग दुईदुई खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटमा सहभागी हुने अवसर पाउनेछन् भने अन्तिमका चार टोली डिभिजन दुईमा झर्नेछन् । नेपालले आगामी दुई खेलमा नेदरल्यान्ड्स र केन्याजस्ता दुई बलिया टोलीसँग खेल्नुपर्ने भएकाले नेपाललाई आज जित अनिवार्य छ ।

नेपालले चौथो चरणमा नेदरल्यान्ड्स, पाँचौं चरणमा केन्या, छैटौं चरणमा हङकङ र सातौं चरणमा यूएईको सामना गर्नेछ । नेदरल्यान्ड्ससँग नेपालले उसैको मैदानमा खेल्नेछ । नामिबियालाई हराएलगत्तै नेपाल अंकतालिकामा दुई स्थान माथि उक्लिएर छैटौं स्थानमा पुगेको थियो ।

यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्यान्ड र पपुवा न्युगिनीसँग खेलेका चारवटै खेलमा नेपाल पराजित भएको थियो। पाँच खेलबाट दुई अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ भने समान २ अंक नै जोडेको नामिबिया आठौं स्थानमा छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts