Sunday, April 17, 2016

गरिबी निवारण र उत्थानका लागि विनियोजित रकममै भ्रष्टाचार,३६ जनालाई मुद्दा (नामावलीसहित)

काठमाडौं,बैशाख ६ । विपन्न वर्गको गरिबी निवारण र उत्थानका लागि विनियोजित रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका तत्कालीन कार्यकारी निर्देशक राजबाबु श्रेष्ठसहित ३६ उच्च अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ।

उनीहरुमाथि कुल ४ करोड ३४ लाख रुपैयाँ विगो मागदावी गरिएको छ। ‘यातायात साधन, दैनिक भ्रमणभत्तादेखि कार्यक्रम सञ्चालनका नाममा नक्कली बिल बनाएर करोडौं अनियमितत गरेको भेटियो,’अख्तियारका प्रवक्ता कृष्णहरि पुष्पकरले भने,‘देशमा गरिबी घटाउने महत्वाकांक्षी योजनाका साथ दातृ निकायको सहयोगमा सञ्चालित कार्यक्रममा नै गम्भीर प्रकृतिका अनियमितता भेटिएका हुन्।’

भ्रष्टाचार मुद्दामा मुछिएकामा ३० जना कार्य प्रवन्धक, एकजना वित्त प्रमुख, दुई लेखा अधिकृत, एक लेखा सहायक र एकजना वातावरणीय अधिकृत छन्। अख्तियारले आर्थिक वर्ष ०६६-६७ देखि २६८-६९ सम्म तीन वर्षको अवधिको फाइल अनुसन्धान गरेको थियो। त्यतिबेला ३७ जिल्लामा गरिबी निवारण कार्यक्रम सञ्चालित थियो। कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts