Monday, April 18, 2016

नेपाललाई नामिबियाको २ सय ४० रनको चुनौती

काठमाडौं,बैशाख ६ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज भएको दोस्रो खेलमा नामिबियाले नेपालसामू २ सय ४० रनको चुनौती पेश गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ३९ रन बनायो । उत्कृष्ट सुरुवात गरेको नामिबियाका मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसकेपनि अन्तिम ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ठूलो चुनौती पाएको हो । सुरुवाती बीस ओभरमा बिनाक्षति ९५ रन प्रहार गरेको नामिबियाले त्यसपछि लगातार विकेट गुमाएको थियो ।

नामिबियाका कप्तान स्टीफन बार्डले ६० बलमा ५१ तथा जेन ग्रिनले ८७ बलमा ४७ रन बनाए । सारेल बर्गरले नटआउट ४३ रन बनाए । यस्तै जेपी कोट्जेले ३२, निकोलाश स्चोल्ट्सले २२, जेजे स्मिथले १४, लोहान लरेन्सले १०, पिक्की या फ्रान्स चार तथा ग्रेहार्ड इरामस तीन रन बनाएर आउट भए । बलिङतर्फ नेपालका बसन्त रेग्मी-२, सन्दिप लामिछाने-२, सागर पुन-१, शक्ति गौचन-१ र तीन खेलाडी रन आउट विकेट लिए । नामिबियाले दुई विकेट रन आउटमार्फत गुमाएको थियो । नेपाल केहिबेरमा ब्याटिङमा उत्रदैछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts