Friday, April 22, 2016

कहाँबाट गरे कनकमणि दीक्षितको ५ करोड कमाएर १२ करोड खर्च ?

दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा चार हजार १२६

काठमाडौं,वैशाख ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिनमा रहेका साझा यातायाका अध्यक्ष कनकमणि दीक्षितलाई शुक्रबार पक्राउ गरेको छ ।
अख्तियारको टोली प्रहरीसहित शुक्रबार दिउँसो पाटनढोकास्थित दिक्षितको घरमा पुगेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । अख्तियारको छानविन अनुसार कनकमणि र श्रीमती शान्तले विभिन्न संस्था तथा निकायबाट तलब, भत्ता, लाभांश र सुविधाबापत पाँच करोड आम्दानी गरेको तर १२ करोडभन्दा बढी खर्च गरेको देखिएन्छ । सात करोड कहाँबाट आयो भन्ने जवाफ भेटिएको छैन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts