Friday, April 22, 2016

संसद अधिवेशन वैशाख तेस्रो साता

काठमाडौं,बैशाख ११ । सरकारले यही वैशाखको तेस्रो सातादेखि व्यवस्थापिका संसदको अधिवेशन बोलाउने तयारी गरेको छ। कानुन सचिव भेषराज घिमिरेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सरकारले वैशाखको तेस्रो सातादेखि व्यवस्थापिका संसदको अधिवेशन बोलाउने तयारी गरेको जानकारी दिए। व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकमा उल्लेख्य संख्यामा राष्ट्रिय मुद्दा रहेका कारण संसदको अधिवेशन बोलाउन माग गर्दै आएको छ।

नेपाल समाचार पत्रमा समाचार छ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले प्रमुख प्रतिपक्षी दलका कारण संसद अधिवेशन स्थगित गरिएको जानकारी दिँदै अब छिट्टै अधिवेशन बोलाउने तयारी सरकारले गरेको बताए । कानुनमन्त्री खरेलले यतिखेर चुनौती र समस्याहरु उल्लेख्यरुपमा रहेको वताउँदै संविधान कार्यान्वयन गरेर मात्र नपुग्ने भएकाले कार्यान्वयन गर्न पनि सक्नु पर्ने बताए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts