Friday, April 22, 2016

सरकारले १ लाख ३४ हजार अपराधिलाई अझै समात्न सकेन

काठमाडौं,वैशाख ११ । अदालतबाट दोषी ठहर भई फरार हुने संख्या करिब डेढ लाख छ । अदालतबाट दोषी ठहर भई फरार हुनेहरूको संख्या एक लाख ३४ हजार आठ सय ३९ रहेको सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको छ।

अन्य अर्धन्यायिक निकायबाट दोषी ठहर गरेकाहरूबाट मात्र एक लाख १० हजार दुई सय ६० दिन कैद असुल्न बाँकी छ। यस्तै १० अर्ब १८ करोड ३० लाख ९६ हजार ९ सय ८१ रूपैयाँ जरिवाना असुल्न बाँकी रहेको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्र उपाध्यायले बताए। जिल्ला वन कार्यालय, राजस्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयजस्ता अन्य अर्धन्यायिक निकायले दोषी ठहर गरी फरार रहेका व्यक्तिको भने राज्यले कुनै तथ्यांक राखेको छैन्।

फैसला कार्यान्वयन निर्देशनालयले अदालतले फैसला गरेका व्यक्तिको मात्र विवरण राख्छ। त्यसकारण फरारको संख्या अझै धेरै हुन सक्छ। पछिल्लो वर्ष फरारलाई पक्राउ गर्न चालिएको विशेष अभियानपछि अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएका व्यक्ति धमाधम पक्राउ परिरहेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts