Monday, April 11, 2016

‘ओली नेतृत्वको सरकार सबै क्षेत्रमा असफल’- डा भट्टराई

जनकपुरधाम,चैत ३० । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले ओली नेतृत्वको सरकार सबै क्षेत्रमा असफल भएको बताउनु भएको छ । जनकपुरघाममा आज आयोजित पत्रकार सम्मेलनमा अहिलेको सरकारको गतिविधी गतिविधि र भाषा पञ्चायती व्यवस्था झैं भएको आरोप लगाउँदै सरकारले अराजकता, कालाबजारी, तस्करी, भ्रष्टाचारलाई प्रश्रय दिएको बताउनु भएको हो । यो सरकार सबै क्षेत्रमा असफल भएकाले सत्तामा रहिरहने नैतिक आधार नभएको धारणा राख्नु भएको छ ।

उहाँले मधेस आन्दोलनलाई मधेसमा नै केन्द्रित नराखी राष्ट्रिय स्वरूप दिनु जरुरी छ भन्दै यसका लागि मधेसी, थारु, आदिवासी, जनजाति, खस र आर्यबीच एकताको आवश्यतामा जोड दिनुभयो । नेपालको सभ्यता, संस्कृतिमा मधेस महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले मधेसलाई टुक्र्याउने सोच कसैले राख्न हुने धारणा राख्नु भयो । उहाँले पुरानो राजनीति र यथास्थितिवादको जगमा मुलुकको विकास हुन सक्दैन भन्दै नयाँ चिन्तन र शक्तिले राष्ट्रलाई समृद्धि बनाउन अग्रसर हुनुपर्ने उल्लेख गर्नु भयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts