काठमाडौं,चैत ४ । न्यायाधीश सिफारिस प्रकरणमा सत्ता साझेदार एमालेको कदम ठिक नभएको चेतावनी दिँदै एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले आफ्नो पार्टीका तर्फबाट सर्वोच्च अदालतको न्यायधीशमा तुलसी भट्ट र न्याय परिषद् सदस्यमा चण्डेश्वर श्रेष्ठका नाममा अडिग रहेको बताएका छन् । ‘एमालेले जे गर्दैछ, त्यो ठीक हुँदैन,’ प्रवक्ता शर्माले भने, एमालेजस्तो राज्यसत्तालाई एकपक्षीय रुपमा अगाडि बढाउन हाम्रो पार्टी चाहँदैन । राज्य सर्वसाधारण जनताको पनि हो ।
न्याय परिषद्को फागुन १८ गते बसेको बैठकले सर्वोच्चमा रिक्त न्यायाधीश नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गर्दा एमाओवादीका तर्फबाट अनुमोदित वरिष्ठ अधिवक्ता भट्टको नाम नपरेको विषयमा एमाओवादी नेताले अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन् ।
दाहालले पार्टी नेताहरुसँगको अनौपचारीक कुराकानीमा सर्वेच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता भट्ट र न्यायपरिषद् सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सहभागी गराउने आफ्नो प्रयास जारी रहेको जानकारी दिएका छन् आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
No comments:
Post a Comment