काठमाडौं,चैत ४ । व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली निर्माणमा देखिएको विवाद मिलाउन प्रमुख दलका शीर्ष नेताबीच नै छलफल हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको संख्याका विषयमा मस्यौदा समितिका सदस्यबीच कुरा मिल्न नसकेपछि शीर्ष तहमै छलफल हुन लागेको हो।
सत्तारुढ दल र प्रमुख विपक्षी कांग्रेसबीच कुरा मिल्न सकेको छैन। एमाले र एकीकृत माओवादीले नयाँ संविधानले व्यवस्था गरेबमोजिम १५ सदस्यीय सुनुवाइ समिति गठन गर्नु पर्ने बताउँदै आएका छन् भने कांग्रेसले पुरानै व्यवस्था हुनु पर्ने अडान लिँदै आएको छ। समितिको यो अडानले सहमति हुन नसकेपछि शीर्ष तहमा छलफल गर्न लागिएको राजधानी दैनिकमा समाचार छ।
No comments:
Post a Comment