Wednesday, March 16, 2016

चिनियाँ जहाजबाट वार्षिक ३१ करोड घाटा

काठमाडौं,चैत ४ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चिनियाँ जहाजबाट एक वर्षमा ३१ करोड ३३ लाख रुपैयाँ घाटा भएको जानकारी दिएको छ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको जानकारी अनुसार चिनियाँ जहाज एमए ६० र वाई १२ ई भित्राएर उडान गरेपछि वार्षिक घाटा बढेको उल्लेख छ । निगमको तथ्यांकअनुसार चिनियाँ जहाज उडाउन थालेपछि गत वर्षको पुसदेखि यो वर्षको पुससम्ममा आन्तरिक उडानमा ३२ करोड ३५ लाख रुपैयाँ घाटा भएको छ ।

चिनले अनुदानमा उपलब्ध गराएको ५६ सिट क्षमताको एम ए ६० र १८ सिट क्षमताको वाई १२ ई नउडाए बीमा, पार्किङ, प्रशासनिक खर्च, पाइलट तथा इन्जिनियरको तालिम तथा लाइसेन्स नवीकरणसहितमा हुने खर्चले घाटा हुन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts