Wednesday, March 16, 2016

चीन जाने टोलीको भ्रमण भत्ता करोड,को–को जाँदैछन् चीन ?

काठमाडौं,चैत ४ । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत ७ गते चीन भ्रमणमा जाँदै छन् । जम्बो टोली लिएर जान लागेको ओलीको दैनिक भ्रमण भत्तामा नै एक करोड खर्च हुने छ । यो खर्च यातायात तथा आवासबाहेकको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार चीन जाँदा प्रधानमन्त्रीले दैनिक तीन सय, मन्त्रीले दुई सय ५०, सचिवले २ सय र एक सय ७५ र उपसचिवले एक सय ५० डलर पाउँछन् ।

प्रधानमन्त्रीले पाँच दिनका लागि एक हजार पाँच सय डलर अर्थात् एक लाख ५९ हजार रुपैयाँ पाउँछन् । त्यसैगरी सातजना मन्त्रीले दैनिक दुई सय ५० डलरका दरले ८ हजार ७ सय ५० डलर अर्थात् नौ लाख २७ हजार पाँच सय रुपैयाँ टिएडिए पाउँनेछन् ।

भ्रमण टोलीमा संलग्न १४ सांसद्ले दैनिक दुई सयका दरले १४ हजार डलर अर्थात् ८४ हजार रुपैयाँ पाउँनेछन् । भ्रमण टोलीमा संलग्न सात सचिवले दैनिक दुई सयका दरले सात हजार डलर अर्थात सात लाख ४२ हजार रुपैयाँ पाउँछन् ।

प्रधानमन्त्रीको यही चैत ७ गते हुन लागेको चीन भ्रमणमा जम्बो टोली हुने भएको छ । टोलीमा प्रधानमन्त्री ओलीका साथै पत्नी राधिका शाक्य, उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, श्रम तथा वाणिज्य मन्त्री दीपक बोहरा जाँदैछन् । त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, एमालेका सांसद् रवीन्द्र अधिकारी, कांग्रेसका चीनकाजी श्रेष्ठ, राप्रपा नेपालका दिलनाथ गिरी, एमालेका बलवीर चौधरी, कांग्रेसका केशवकुमार बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेल, कलशादेवी महरा, माधवी रानी शाह, सन्तकुमार थारु र रञ्जना माझी चीन जाँदैछन् ।

चीन जाने अन्य सांसद्हरुमा एमाओवादीका सुरेन्द्रबहादुर कार्की, योगेन्द्रकुमार चौधरी छन् । मुख्य सचिव सोमलाल सुवेदी, राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, सचिव शंकरदास वैरागी, सूर्य सिलवाल, सुमन शर्मा, ङइन्द्रप्रसाद उपाध्याय, अर्जुनकुमार कार्की, श्रीधर सापकोटा र टेकप्रसाद ढुंगाना पनि चीन जानेमा परेका छन् ।
शिष्टाचार महापाल रमेशप्रसाद खनाल, सहसचिव मुक्तिप्रसाद आचार्य, बैकण्ड अर्याल, यादवप्रसाद कोइराला, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली, लगानी बोर्डका अध्यक्ष राधेश पन्त, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहाकार निरु पाल, विज्ञान प्रविधि सल्लाहाकार अजय क्रान्ति, स्वकीय सचिव राजेश बज्राचार्य, उपसचिव भरतकुमार, दधिराम भण्डारी, प्रधानमन्त्रीका सुरक्षासँग सम्बन्धित तीन जना कर्मचारी, परराष्ट्रमन्त्रीका सञ्चार सल्लाहाकार मोहन श्रेष्ठ, नेपाल टेलिभिजनका बद्री गौतम, सुशीर मिश्र, तीर्थ भट्टराई , चन्द्र बानियाँ र महेन्द्रलाल श्रेष्ठ चीन जाने सूचीमा परेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts