Wednesday, March 16, 2016

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा,आर्सनल बाहिरियो

एजेन्सी,चैत ४ । आर्सनललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले घरेलु मैदान नाउ क्याम्पमा भएको दोस्रो लेगमा इंग्लिस क्लब आर्सनललाई ३–१ ले हराउँदै समग्रमा ५–१ को जितसहित अन्तिम ८ प्रवेश गरेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी, नेइमार र लुइस स्वारेजले एक एक गोल गरे ।

बार्सिलोनाका लागि खेलको १८ औं मिनेटमा नेमारले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको ५१ औं मिनेटमा आर्सनलका लागि महम्मद नेन्नीले गोल गर्दैै खेल १–१ को बराबरीमा ल्याए। खेलको ६५ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दैै बार्सिलोनालाई पुनः अग्रता दिलाए। यस्तै खेलको ८८ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई दोस्रो लेगमा ३–१ को जित दिलाए। च्याम्पियन्स लिगको प्रिक्वाटर फाइलनबाटै बाहिरिएको आर्सनल एफए कपमा पनि वाट्फोर्डसँग पराजित भएर बाहिरिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts