Tuesday, March 8, 2016

निजी विद्यालयलाई कडाइ गरिँदै,विद्यार्थीको शुल्क अभिभावक भेलाको दुई तिहाईले तय गर्नुपर्ने

काठमाडौं,फागुन २६ । जथाभावी शुल्क तोक्ने र बढाउने निजी विद्यालयले अब त्यसो गर्न पाउने छैनन् ।
तिनले लिने शुल्क अभिभावक भेलाको दुई तिहाईले तय गर्नुपर्ने भएको छ। शिक्षा मन्त्रालयले जारी गरेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिकाले शुल्क, भौतिक पूर्वाधार, शिक्षक, शिक्षिकाका सुविधा लगायतमा कडा नियम लगाएको हो।

विद्यालय भवन भूकम्प प्रतिरोधात्मक र अपांगमैत्री हुनुपर्ने, विद्यार्थीको उमेर अनुसार डेक्स बेन्च हुनुपर्ने,शिक्षकको तलव कम्तिमा सरकारीसरह हुनुपर्ने, उल्लंघन गरे अनुमति रद्ध गरिने लगायतका नयाँ नियम आएको कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts