Tuesday, March 8, 2016

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौं,फागुन २६ । स्पेनिस क्लव रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रियल मड्रिडले रोमालाई २-० ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । खेलमा रियल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डो र हामेज रोड्रिग्वेजले एक–एक गोल गरे ।

पहिलो लेगमा पनि २-० कै जित हात पारेको रियल मड्रिड समग्रमा ४-० ले विजयी भएको छ । स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिगको १० पटकको च्याम्पियन हो । युएफा च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हनेछन् । आज रुसको जेनिथ र पोर्चुगलको बेनीफिका भिड्दा इङ्ल्यान्डको चेल्सीले फ्रान्सको पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts