Tuesday, March 8, 2016

यस्तो छ बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण तालिका

काठमाडौं,फागुन २६ । बेलायती राजकुमार हृयारी चैत ६ गते नै नेपाल आउने भएका छन् । बेलायतकी महारानीका तर्फबाट पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्न लागेका राजकुमार ह्यारीको विस्तृत भ्रमण तालिका बेलायत सरकारले सार्वजनिक गरेको छ । दूताबासका अनुसार बेलायती राजकुमार ६ गते काठमाडौं आइपुग्ने छन् । त्यही साँझ उनी उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता पनि गर्नेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले चैत ७ गते राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटगर्ने कार्यक्रम छ । राजकुमार ह्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन् । नेपाल बसाइका क्रममा राजकुमार ह्यारीले पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकनका साथै भूकम्पबाट प्रभावित ऐतिहासिक स्मारकहरुको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी लिनेछन् ।

त्यसैगरी,उनले भूकम्पपीडितको अस्थायी पुनःस्थापना केन्द्र, सानोठिमी प्राविधिक शिक्षालय, कान्ति बालअस्पतालको पनि भ्रमण गर्ने कार्यक्रम छ । उक्त दूतावासका अनुसार राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्नेछन् भने पोखरास्थित गोर्खा सैनिक क्याम्प पुगेर बेलायती राजमुकुटका निम्ति आफ्नो प्राण उत्सर्ग गरेका वीर गोर्खाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने बताइएको छ। राजकुमारबाट हिमालयको दृश्यावलोकन, जलयात्रा तथा पोखराबाट पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts