Saturday, March 5, 2016

भारतबाट थप विद्युत आएपनि चैतअघि लोडसेडिङ नघट्ने

काठमाडौं,फागुन २३ । भारतबाट ८० मेगावाट थप विद्युत्त आयात भए पनि लोडसेडिङ नघट्ने भएको छ । माग र आपूर्तिबीच गहिरो असन्तुलनले विद्युत्त भार (लोडसेडिङ) कम गर्न चैतसम्म कुनुपर्ने देखिएको हो । भारतबाट थप बिजुली आयात भएपछि दैनिक २ घन्टासम्म लोडसेडिङ कटौती हुने प्रक्षेपण नेपाल विद्युत्त प्राधिकरणको थियो । तर, आयात भएको ३ साता बितिसक्दा पनि दैनिक विद्युत्त कटौती १३ घन्टा कायम छ । अाजको कारोबार दैनिकमा समाचार छ ।

मागभन्दा झन्डै ८०० मेगावाट विद्युत्त आपूर्ति कम भएपछि लोडसेडिङ घटाउन नसकिएको प्राधिकरण प्रणाली सुधार सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्री बताउँछन् । नेपालका वार्षीक ८० देखि सय मेगावाटसम्म विद्युत माग बढ्ने तर त्यसको तुलनामा आपूर्ति कम हुँदा वितरण प्रणालीमा असन्तुलन आई लोडसेडिङ बढ्ने तर्क क्षेत्रीको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts