Saturday, March 5, 2016

रत्नपार्कले कमायो एकै दिन लाख !

काठमाडौं,फागुन २३ । दैनिक १५ देखि २० हजार मात्र राजश्व संकलन हुँदै आएको रत्नपार्कबाट बिहीवार एकै दिन एक लाख भन्दा बढी राजश्व संकलन भएको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह हेर्न रत्नर्पा छिर्नेको घुइँचो भएपति आन्दानी बढेको आजको नागरिक दैनिकमा समाचार छ ।

असारदेखि स-शुल्क गराइएको रत्नपार्कमा विहीबार मात्र १ लाख १ हजार रुपैयाँ राजश्व जम्मा भएको काठमाडौं महानगरपालिका वातावरण महाशाखा प्रमुख रवीमान श्रेष्ठले बताए ।

असार १५ यता करिब २६ लाख रुपैयाँ राजश्व उठेको छ । राजधानीबासीका nmागि आराम गर्ने थलोका रुपमा विकास गरिएको रत्नपार्कमा छिट्टै नै वाइफाई इन्टरनेट सुविधा सुरु गर्ने तयारी भइरहेको उनले बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts