Saturday, March 5, 2016

रियल मड्रिड ७–१ ले विजयी

एजेन्सी,फागुन २३ । क्रिष्टियानो रोनाल्डो एक्लैले चार गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शतिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियलले सेल्टा भिगोलाई ७–१ गोल अन्तरले पराजित गरेको हो। खेलको ४१ औँ मिनेटमा पेपेको गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो।

पहिलो हाफमा एक सून्यले अग्रता लिएको रियलले दोस्रो हाफमा ६ गोल गरेको थियो। रियलका लागि क्रिष्टिना रोनाल्डोले ५०, ५८ र ६४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि अग्रता ४–१ मा पुग्यो । ७७ औं मिनेटमा जेसे तथा ८१ औं मिनेटमा बेलले गोल गर्दै रियललाई ७–१ को सानदार जित दिलाए ।

जितपछि लिग तालिकाको तेस्रो स्थानमा रहेको रियल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको २७ खेलबाट ६९ अंक छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको २७ खेलबाट ६१ अंक छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts