Saturday, March 5, 2016

नक्कली भूकम्पपीडित पन्छाउनै सकस

सिन्धुपाल्चोक,फागुन २३ । घरको भग्नावशेष। छेवैमा अरुका झै जस्ताको अस्थायी टहरो। साथमा थियो, परिचयपत्र पनि। भूकम्पपीडितका रुपमा योभन्दा बलियो प्रमाण अरु के हुन सक्छ? भोटेचौर गाविसका एक स्थानीयले यिनै प्रमाणका आधारमा क्षतिग्रस्त घरको लागत संकलन गरिदिन आग्रह गर्दा गाउँ पुगेको सर्भेयर टोलीले बास्तविकता अर्कै पायो। उनी नक्कली भूकम्पपीडित रहेछन्। नागरिक दैनिकमा समाचार छ।

घर भूकम्पले भत्काएको थिएन। भूकम्पअघि घर भत्किएको थियो, पुरानो भएका कारण। इन्जिनियर हर्कमान लामा नेतृत्वको सर्भे टोलीले उनको घरको लगत संकलन गरेन। टोलीलाई अबरोध खडा गरियो। भूकम्पले घर भत्केको हो भनेर फोटो खिचाउन तीब्र दबाब दिँदै लगत संकलनमा दिनभरजसो अवरोध पुर्याइयो। इतिसम्म कि एकै व्यक्तिले खडार गरेको व्यबधान हटाउन प्रहरी परिचालन गर्नुपर्यो।

भूकम्पबाट क्षतिग्रस्त घरको लागत संकलन गर्न बराम्ची गाविस पुगेको सर्भेयर टोली त जिल्ल पर्यो। टोलीले यस्ता एक पीडित भेट्यो, उनीसँग परिचयपत्र बाहेक केही थिएन। उनले भूकम्पले क्षतिग्रस्त भनिएको घरको जग कहाँ थियो भन्ने देखाउन सकेनन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts