Saturday, March 5, 2016

कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि मतदान सुरु,९ किसिमका मतपत्र 

काठमाडौं,फागुन २३ । कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ ।  मतदान प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभा गृहमा बिहान ८ बजेदेखि सुरु भएको हो । निर्वाचनवाट कांग्रेसको आगामी पाँच वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनमा देशभर र विदेशस्थित जनसम्पर्क समितिबाट चुनिएर आएका करिब ३२ सय प्रतिनिधीले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचनमा भाग लिनेछन्। मतदान बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ।’

कांग्रेसले आफ्नो महाधिवेशनमा विद्युतीय निर्वाचन प्रणालीलाई अपनाएको छैन। निर्वाचन समितिका सदस्य घिमिरेका अनुसार विभिन्न पदमा मतदान गराउन ९ किसिमका मत्रपत्र तयार पारिएको छ। सभापति, महामन्त्री र कोषाध्यक्षसहितको ६४ सदस्यीय केन्द्रीय सदस्य निर्वाचनमार्फत प्रत्यक्ष निर्वाचित हुनेछन्।

सभापति, १ महामन्त्री, १ कोषाध्यक्ष सहित खुला, महिला, प्रदेश र समावेशी सहितको केन्द्रीय सदस्य गरी ६४ पदका लागि निर्वाचन हुनेछ। पदाधिकारीको ३ पदमा १० जना सहित ३ सय १२ जना उम्मेदवार छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts