Thursday, March 17, 2016

अमेरिकामा नेपाली मूलका शरणार्थी माथि सांघातिक हमला

विजय थापा ,वाशिंगटन डिसी

 

अमेरिकाको न्युयोर्क शहरको रोचेस्टरमा बसोबास गर्ने ४ जना छोराछोरीका पिता खड कट्टेल नामका नेपाली मूलका शरणार्थी माथि भिषण आक्रमणमा परि अस्पताल भर्ना भएका छन् l खड कट्टेलका परिवारका अनुसार गत आईतबार रोचेस्टर हाइल्याण्ड भाडाको घर (अपार्टमेन्ट) नजिकको वेस्टफल सडकमा हिडी रहेको अवस्थामा पछाडी बाट सांघातिक हमला गरि बेहोस हुने गरि हिर्काएर हमलाबर भागेका छन् l

उनका परिवार अनुसार उनलाई पिट्नुको साथी चक्कुले आक्रमण गरि २ या ३ जना मानिसले ढलेर उठ्नु भन्दा अगाडी अपहरण समेतको प्रयास गरेको बताएका छन् l के भयको हो ? र के समान उनि बाट लगिएको भन्ने पुस्टि नभएको बताएका छन् l

ढलेका खड्का कट्टेल उठेर जाने क्रममा उनका छोराले रगताम्मे र बेहोसी देखे पछि प्रहरीलाई खबर गरेका थिए l हाल उनका भतिजा शिव कटेल अनुसार सबै जना दुखि भएको र समुदायमा के भएको भनि चिन्ता ब्यक्त गरेका छन् l

उनको उपचार स्ट्रोंग मेरोरिएल अस्पतालमा उपचार भै रहेको र स्वस्थमा सुधार भै रहेको प्रहरीलेले जनाएको छ l उक्त न्युयोर्कको नेक्स्टार प्रसारणमा छापेको छ l कटेलका भतिज २० बर्षिय दुर्गा कटेल आफ्ना पिताका भाई लाई पनि २ महिना अगाडी मात्र बस पर्खने क्रममा पिटेको बताएका छन्

तस्बिर :बिल विसमेएर

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts