Thursday, March 17, 2016

उड्न लाग्दा फिस्टेल एयरको हेलिकप्टर असन्तुलित भएर दुर्घटना

काठमाडाैं-रसुवाको लाङटाङबाट धुन्चेकालागि उड्न लाग्दा फिस्टेल एयरको हेलिकप्टर सामान्य दुर्घटनामा परेको छ। जमिन छाडेर उड्नै लाग्दा हेलिकप्टर असन्तुलित भएर जमिनमै पल्टेको फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले जानकारी दिए।

सो हेलिकप्टर धुन्चेबाट राहात सामाग्री लिएर लाङटाङ गएको थियो।

 

लाङटाङमा सामाग्री छाडेर फर्किने क्रममा दुर्घटना भएको हो। कल साइन ९ एन ए जे अाइ भएको उक्त हेलिकप्टरमा स्विडिस क्याप्टेन निकोलस एक्लै थिए। उनी सामान्य घाइते भएका छन्।

-nagariknews.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts