काठमाडौं,चैत १ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ मा ल्यारक्याललाई गुम्बा व्यावस्थापन समितको अध्यक्षमा नियुक्ति गरेका थिए । सिन्धुपाल्चोकका कांग्रेस नेता मोहन बस्नेतले खुमबहादुर खड्का मार्फत उनको नियुक्ति गराएका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
अमेरिकाबाट गुम्बा विकासमा टन्न सहयोग ल्याउँछुभनेपछि हाम्रै पालामा उनलाई अध्यक्ष नियुक्ति गरिएको हो, श्रोतले भन्यो ।
०६३ पछि फेरि उनी कांग्रेससँग निकट भएर सभासद् हुने खेलमा लागे । तर, सभासद् हुने संभावना नदेखेपछि एमालेमा लागे । सिन्धुपाल्चोक एमालेका नेता मार्फत उनले पार्टीको ठूला नेतासँग हिमचिम बढाए ।
अमृत बोहोरा र ईश्वर पोखरेल मार्फत एमालेको समानुपातिक सभासद भए । सभासद् हुँदा उनलाई धेरै एमाले नेताहरुले नै चिन्दैनथे । दोस्रो संविधानसभामा पनि एमालेबाटै सभासद बन्ने योजनामा थिए । तर, एमालेभित्र पहिलेको विवादका कारण नेताहरु जोखिम मोल्न तयार भएनन् ।
त्यसकारण उनी एमाओवादीतिर लागे । समानुपातिकको सूची बुझाउने अघिल्लो दिन उनी एमाओवादी प्रवेश गरे । एमाओवादीको चुनावमा राम्रो मत नआएपछि उनी समानुपातिक सभासद् बन्न पाएनन् । तर, पछि संविधानसभा अदालतले ५ कार्त्तिक ०७१मा सभासद् शम्भु हजारा पासवानको पद खारेज गरेपछि ल्यारक्यालले सभासद हुने मौका पाएका थिए ।
Sunday, March 13, 2016
ल्यारक्यालको अबसरवादी यात्राः कांग्रेस-एमाले हुँदै एमाओवादीसम्म
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment