Wednesday, March 16, 2016

यौनधन्दामा संलग्न पाँचजना रङ्गेहात समातिए

सप्तरी,चैत ३ । अवैध यौनधन्दा गर्ने होटल सञ्चालकसहित पाँच जना आज रङ्गेहात पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सीतापुर–२ स्थित न्यु युनिक होटेलमा यौनधन्दा गर्ने क्रममा दुई जना युवा र दुई जना युवतीलाई रङ्गेहात पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताए।
पक्राउ पर्नेमा होटलका सञ्चालक सिरहा लहान नगरपालिका–३ का ३२ वर्षीय विजयकुमार महतो, भारतको मधुवनी लौकाहा ग्राम पञ्चायत २ निवासी २२ वर्षीय सुनिलकुमार साह र सोही ठाउँका २० वर्षीय विनोदकुमार साह तथा दुई जना युवती रहेको प्रहरी निरीक्षक महतले जानकारी दिए ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको र उनीहरुविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts