Wednesday, March 16, 2016

एनआरएन कोरियाका सचिव घले बर्खास्त

कोरिया,चैत ३ । एनआरएन कोरियाका सचिव सागेन्द्र घलेलाई पदवाट बर्खास्त गरिएको छ। कोरियामा नेपाली कामदारको करोडौं रुपैयाँ लिएर फरार भएका भएका घलेलाई एनआरएन राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया कार्यसमितिले पदबाट हटाएको हो। उनले एनआरएनको गरिमा र मर्यादामाथि गम्भीर धक्का पर्ने कार्य गरेको भन्दै हटाईएको विज्ञप्तीमा जनाईएको छ ।

पदीय कर्तव्य, दायित्व र जिम्मेवारीप्रति बेवास्ता गर्दै अनुशासनहीन र विवादस्प क्रियाकलापमा संलग्न रहेको पाइएको भन्दै बर्खास्र्त गर्नु परेको एनआरएन कोरियाको विज्ञप्तिमा उल्लेख छ। बिना सूचना लगातार तीन पटकसम्म संस्थाको बैठकमा अनुपस्थित रहेपछि विधानअनुसार उनलाई पदबाट मुक्त गरिएको एनआएन कोरियाले जनाएको नागरिक दैनिकमा छ।

भोजपुर घर भएका घलेले सस्तो दरमा हुन्डीमार्फत् नेपाल पैसा पठाइदिने भनेर नेपाली कामदारको २ करोड ९० लाख रुपैयाँ संकलन गरी फरार भएका थिए। सोल तेङ्देमुनमा बस्दै आएका उनी एकाएक बेपत्ता भएपछि उनलाई पैसा दिने नेपाली कामदारले खोजी तीब्र पारेका थिए।

घलेले नेपाली कामदारबाट संकलन गरेको पैसा क्यासिनोमा हारेको निकटस्थ साथीहरुलाई बताउँदै आएको जनाइएको छ। इपिएसबाट कोरिया पुगेका उनी पछिल्लो समय नक्कली प्रमाणपत्र पेस गरी जी वान भिसामा कोरिया बसोबास गर्दै आएका थिए। कोरियाले पछिल्लो समय विदेशी नागरिकलाई लक्ष्यित गर्दै क्यासिनोहरू सञ्चालनमा ल्याएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts