Wednesday, March 16, 2016

नानीलाई काखमा च्यापी घरको आगनमा हामफालेको दिन

पप्पु गुरुङ्ग-दोधारा चाँदनी,चैत ३ । गत वर्ष हात्तीको बथानले उनको घर तोडफोड गरेर आफैमा आक्रमण गर्न थालेपछि रातभरी नदीको बगरमा रात बिताएको जसकसैलाई पनि सुनाउने गर्छन् । नदीको बगरमा कठ्याङग्रीदो शितलहरको जाडोमा रात बिताएका थिए, उनले । ३ दिनको सुत्केरी महिलाले एक मुठ्ठीको नानीलाई रात भरी नदीको बगरमा रात काट्दाको कहाली लाग्दो चित्कार सुन्न आउने कोही नभएको भनाई छ् ।

उनको हात्तीको बथानले नष्ट गरेको कच्ची घरलाई बल्ल तल्ल अर्को ठाँउमा अहिले आएर सारेर सानो झुपडी बनाएकी छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ३, बडुवाल टोलकी ३५ वर्षिय एकल महिला तिलसरा घर्ती मगर । श्रीमानको मृत्यु भएको अहिले १ साल भन्दा बढी पुग्न आट्यो । सहारा दिने कोही छैनन् । १ वर्ष खघि तिलसराको सबै थोक हात्तीले सर्वश्व लुटेर लग्यो । त्यत्ती बेला सारा शरिर सुन्नीएको अवस्था थियो । आधा भत्काएको आधा रहेको कच्ची घरमा नानीलाई काखमा च्यापेर रात भरी नसुतेका दुखद पनि उनले गुजारे ।

हात्ती घरमा रहेको रासन पानी, लुगा लत्ता तथा भाडा कुडा नष्ट गरेपछि पल्लो घरे माईलीको घरबाट एक छाक चामल लिएर भात पकाएर नानीहरुलाई खुवाएको उनि सम्झेर रुन्छन् । पहिलेको दाजोमा अहिले हात्तीको बथान नआएकको तिलसरा घर्तीले बताईनन् । आए पनि प्रहरीले दिएको सोलर, आधुनिक सायरन तथा सर्चलाईटले हात्ती भागेको उनले बताईन् । घरमा श्रीमानको मृत्यु पछि उनको आम्दानीको श्रोत समाप्त भएको छ् । हात्तीले भत्काएको घर बनाउन धौं धौं प-यो । गाउलेहरुको सहयोगले उनले सानो कच्ची घर बनाउन सफल भए । यो वर्ष भने उनिमा केही राहत पाएकी छिन् ।

गृह मन्त्रालय र युएनडिपीको साझेदारीमा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनाले उनको गाँउमा सोलर प्यानल सहित सहित आधुनिक सायरन जडान गरेको छ् । साथै उनिहरुमा हात्तीबाट जोगिन सर्चलाईट समेत बितरण गरेको छ् । यस पल्ट गा“लेहरुले ठुलो राहत महसुस गरेका छन् ।

हात्ती आउना साथ सायरन बजाएर तथा सर्चलाईट बालेर हात्ती धपाउने गरेका छ् । सायरनको आवाजले हात्ती भाग्दा बिगतका दिनका सम्झना गरेर गाँउले निकै हर्षित भएका छन् । हात्ती आउदा मात्र हैन् बिभिन्न खाले जंगली जनावर आउदा समेत सायरन बजाउदा गाँउ सुरक्षित भएको बडुवाल टोलबासीको दाबी छ् । ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्माले बडुवाल टोलमा सोलर, आधुनिक सायरन तथा सर्चलाईटले ठुलै राहत पाएको स्विकार्छन् । “सोलर, आधुनिक सायरन तथा सर्चलाईटले बडुवाल टोलमा हात्तीको बथानलाई धपाउन निकै राम्रो काम गरेको छ् । ” प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्माले भने । यसै क्रममा बडुवाल टोलबासी ३५ वर्षिय तिलसरा घर्ती मगर संग गरिएको संक्षिप्त कुराकानी यस प्रकार छ् । –
“अहिले आएर हामीलाई सोलर, आधुनिक सायरन तथा सर्चलाईट पाउदा हामी गाँउलेमा ठुलो श्वास पलाएर आएको छ् । गत वर्ष सम्म गाँउलेहरु मिलेर मट्टीतेलमा कपडा सल्काएर हात्ती धपाउने गर्ने गरियो । यो वर्ष भने प्रहरीहरुले हामीलाई सोलर, आधुनिक सायरन तथा सर्चलाईट दिएपछि गा“उमा शान्ति छाएको छ् । हात्ती आउना साथ हामी सबै मिलेर सर्चलाईट बाल्छौं । सायरन बजाउछौं । हात्ती भाग्दै गरेको देख्दा हामीमा ठुलो राहत भएको छ् ।

हामीलाई प्रहरी दाईहरुले निकै गुन लगाएको छ् । अब आएर हामीलाई खासै हात्तीको डर लाग्दैन् । अहिले आएर हामीले सुरक्षित महशुस गरेका छौं । बिगतमा मलाई अझै पनि त्यो दिन याद छ् । मैले राती नानीलाई आगोमा सेकाएर (तातो गराएर) हामी आमा छोरा आछ्यानमा सुत्ने तरखरमा थियौ । मेरो १० बर्षको जेठो छोरा माईत बजै संग सुत्न त्यही दिन गएको थियो । मलाई घरको पछाडी भागमा केही हलचलको आवाज आयो । फेरी ठुलो आवाजमा घरको पछाडीको भाग फालेको आवाज आयो । मैले बुझिहाले पक्कै हात्तीले मेरो घर भत्काउन थाल्यो भनेर । म हत्तपत्त नानीलाई काखमा च्यापी घरको आँगनमा हामफाले । फर्के हेरे हात्तीको ठुलो बथानले घरलाई तहसनहस गर्न लाग्यो । मलाई त्यत्ती समय होस पाएकी “म भाग्नु पर्छ” भनेर । एक मुठ्ठीको नानीलाई काखमा च्यापेर गहु बारी भागे । अली टाढा पुगेर आफ्नो घर तर्फ फर्केर हेरे, त्यत्तीन्जेल मेरो घरको आधा भाग तहसनहस गर्दै, घरमा भएको रासनपानी खादै गरेको झिसमिस–झिसमिस देखे । त्यत्तीन्जेल एउटा बढेमानको कालो हात्ती मेरै तिर आउदै गरेको देखे । म, अचेत अवस्थामा गहु बारी हुदै भाग्दै हिडे । धेरै टाढा पुगेछु जस्तो लाग्यो । हात्तीको आवाज पनि टाढियो । आफुलाई सुरक्षीत महशुस गरे । नानीलाई एक हातले छामे । नानी चिसो भएको थियो । म संग भएको च्यादरले नानीलाई अझ सुरक्षीत हुने गरी ढाके । चारै तिर लागेको कुहिरोले म कहा पुगे भन्ने आफैलाई थाहा भएन् । टाढा टाढा हात्तीको डरलाग्दो आवाज बाहेक कुकुर भुकेका आवाज समेत सुन्न सकिन्थ्यो । सुनसान रात, चारै तिर रुई जस्तो बाक्लो कुहिरो । नजिकै हात्ती आए पनि नदेख्ने । म ठुलो स्वरमा गुहार्न समेत पनि डर लाग्यो । हात्ती मान्छेको आवाजले आउने गर्थे । म थाकीसकेको थिए । नजिकै रहेको जगबुडा नदीको एक घुटुक पानी खाए ।

एक क्षण बिचारे । बाटो बिराएछु भनेर । सदा भुतको डर मान्ने म, आज भुत भन्दा पनि कताबाट हात्ती आएर म र मेरो प्यारो श्रीमानको अन्तीम चिनो मारिदिन्छकी डरमा होहल्ला नगरी एक लुकेर बसिरहे । आखामा हात्तीको अजंङ्गको तस्बीर बाहेक केही आएन् । चारै तिर झन कुहिरोले छोप्न थाल्यो । मलाई लाग्थ्यो आज मेरो र मेरो नानीको चिहान यतै हुन्छ होला । मान्छे मरेर नदीमा आउछन् , हामी आमा छोरा जिउदै मसानघाटमा पुगेका थियौ । त्यत्ती बेला अन्ताजी १ बजेको हुनुपर्छ । गा“उनै सुनसान मैले पाए । सायद भाग्ने क्रममा धेरै टाढा पुगेछु । बल्ल थाहा पाए । म के गरु मलाई थाहा भएन । बाटो नै पहिल्याउन सकिन । रात छिप्पीदै गयो । आफुलाई भन्दा नानीको चिन्ता मलाई बढी सताउन थाल्यो । नानीलाई कतै चिसो पो लाग्ने हो की भनेर । मैले नानीलाई काखमा च्यापी राखेको थिए । सानो एउटा खाल्डो पाए मैले । म त्यसैमा ढुङ्गालाई सिरानी गरेर नानीलाई छाम्दै पल्टे । कहि कोही मान्छेको आवाज आउला अनि त्यत्तै आवाज तिर जाउला भनेर । मेरो शरिरै भरी शितको थोपाले रुझाएको थियो ।

मैले लगाएको घोती पनि भाग्दा आधी रुझेको थियो । मेरो कान चनाखो राख्दै थिए । कसै मानिसको आवाज आउला अनि गुहारौला भनेर । त्यत्तीन्जेल नानीलाई मैले ३ पटक दुध खुवाईसकेको थिए । आखा वरीपरि त्यही हात्तीको बथान मात्र घुमिरहेको थियो । सबै भगवानलाई याद गर्दै, प्राथना गर्दै रहे । सुनसान रात त्यसैमा चारै तिर कुहिरोले बेला बेला तर्सीने गरे । कान र आखा खुलै थिए । कत्ती बेला भुसुक्कै सुतेको थाहा पाएन् ।

बिहान टाढा बाट भाले कराएको आवाज कानमा प¥यो । झसङ्ग भए । नानीलाई छामे । नानी रोयो । अहिले बाटो बल्ल थाहा थाहा पाए । म टाढै पो आएर बसेको रैछु भनेर । राम्रो संग नानीलाई सम्हालेर । मेरो पुरै शरिर शितले भिगेको थियो ।”

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts