Monday, March 14, 2016

खुलातर्फबाट निर्वाचित हुने सुजाता एक्ली महिला,बिमलेन्द्र एकमात्र मधेसी उम्मेद्धार

काठमाडौं,चैत १ । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित महिला र मधेसी उमेदवारको संख्या न्यून रहेको छ । केन्द्रीय सदस्यमाको मत परिणम अनुसार महिला तर्फ सुजाता कोइराला १६१९ मत प्राप्त गरि १५ औं नम्बरमा रहेर एक्ली महिलाको रुपमा निर्वाचित भएकी छिन् ।

मधेसी उम्मेदार तर्फ बिमलेन्द्र निधि १६८० मत प्राप्त गरि केन्द्रीय सदस्यमा निर्वाचित हुने एकमात्र मधेसी उमेदवार बनेका छन् । मधेसी तर्फ अर्का उम्मेदार पद्मनारायण चौधरी ले १३०४ मत प्राप्त गरे। महिला तर्फ भने डिना महालक्ष्मी उपाध्याय ले १२४९ मत ल्याएकी उनी २९औं नम्बरमा रहिन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts