Monday, March 14, 2016

यी हुन् खुल्ला तर्फ हार्ने चर्चितहरु,जसले आफूलाई केन्द्रमा सुरक्षित गर्न सकेनन(नामावली सहित)

काठमाडौं,चैत्र १ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा खुल्ला तर्फको केन्द्रीय सदस्यमा उठेका केही चर्चित नेताहरुले नै पराजय ब्यहोरेका छन्। हालै सम्पन्न केन्द्रीय समिति निर्वाचनमा खुला २५ तर्फको निर्वाचनमा पूर्वमहामहन्त्री एवम् सभामुख तारानाथ रानाभाटदेखि निर्वतमान केन्द्रीय सदस्य मनमोहन भट्टराई, सभामुख तारानाथ रानाभाट, पूर्वमन्त्रीहरु चिरञ्जीवि बाग्ले, लक्ष्मण घिमिरे, पूर्वगृहमन्त्री गोविन्दराज जोशी, पूर्वमन्त्री पूर्णकुमार शेर्मा पराजित भएका छन् ।

खुला २५ तर्फको अन्तिम २५औं स्थानमा मिनेन्द्र रिजाल १४२० मत प्राप्त गरेका छन भने चौधरीले १३ सय ४ मत ल्याएर २६ औं स्थानमा रहेका छन्। तरुण दलका अध्यक्ष एवं सांसद राणाले १३ सय २ ल्याएर २७ औं स्थानमा रहेका छन भने पूर्व केन्द्रीय सदस्य जिपछिरिङ लामा १२ सय ८०का साथ २८औं स्थानमा रहेका छन्। यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. गोविन्द पोखरेलले पनि केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
पद्मनारायण चौधरी १३०४

तारानाथ रानाभाट ९४०

चिरन्जीवी वाग्ले ७४३

जिपछिरिङ लामा १२८०

गोविन्दराज जोशी ११११

मनमोहन भट्टराई ११६२

उदय शम्शेर राणा १३०२

लक्ष्मणप्रसाद घिमिरे ४४५

रामकृष्ण ताम्राकार ८६५

सूर्यमान गुरुङ ६८५

विनयध्वज चन्द ४४३

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts