Saturday, March 19, 2016

भारतले पाकिस्तानलाई ६ विकेटले हरायो

काठमाडौं,चैत ७ । भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट घरेलु टोली भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । शनिबार राति भएको खेलमा पाकिस्तान आफ्नो चीर प्रतिद्वन्द्वी भारतसँग पुनः एक पटक पराजित भएको छ । वर्षाका कारण ढिला शुरु भएको खेल १८ ओभरमा छोट्याइएको थियो । टस जितेर ब्याटिङ निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय १८ रन बनायो जसलाई भारतले १३ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर पछ्यायो ।

भारतको जितमा विराट कोहली नायक बने । विराटले ३७ बलमा सात चौका र एक छक्काको मद्दतमा ५५ रनको नटआट पारी खेले । उनलाई २४ रन बनाउँदै युवराज सिंहले राम्रो साथ दिए भने कप्तान महेन्द्रसिंह धोनीले १३ रन बनाए । पाकिस्तानका लागि मोहमद सामीले २ तथा मोहमद आमिर र वहाब रिहाजले १—१ विकेट लिए ।

यसअघि निकै टर्न भएको पिचमा पहिलो ब्याटिङ गर्दै पाकिस्तानले १ सय १८ रन बनाएको थियो । पाकिस्तानका लागि शोहेब मलिकले सर्वाधिक २६ रन बनाए भने अहमद सेहजाले २५ तथा उमर अक्मले २२ रन बनाए । सेहजाद टी २० मा हजार रन पुर्याने दोस्रो कम उमेरका खेलाडी बनेका छन् । भारतका लागि ५ बलहरुले १—१ विकेट लिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts