Saturday, March 19, 2016

सरकार टिकाउने कि गिराउने भन्नेमा एमाओवादी नेतृत्व नै अन्योलमा

काठमाडौं,चैत ७ । पार्टीका आठ नेता सहभागी सरकार टिकाउने कि गिराउने कि भन्नेमा एमाओवादी नेतृत्व अन्योलमा परेको छ । केन्द्रीय समितिको शनिबार बसेको बैठकमा प्रदेश र फ्याक्सन इन्चार्जको रिपोर्टिङमा सरकार सरकारमा सहभागी भएका प्रधानमन्त्रीको कार्यशैलीप्रति पोएिको असन्तुष्टिपछि एमाओवादी नेतृत्व सरकार टिकाउने कि गिराउने भन्ने अन्योलमा परेको छ । स्रोतका अनुसार भरपर्दो विकल्प नपाएका कारण अध्यक्ष प्रचण्ड आफैं पनि सरकार गिराउने कि टिकाउने भन्ने अन्योलमा छन् ।

अध्यक्षले कतैबाट पनि सरकारका बारेमा सकारात्मक सन्देश सुन्न पाएका छैनन् । अध्यक्ष पनि सरकार र मन्त्रीहरुका गतिविधिबाट आजित भएजस्तो लाग्छ । भरपर्दो विकल्प तयार नहुँदा सरकार गिराइराख्न पनि अध्यक्षले चाहेका छैनन, यी स्थायी समिति सदस्यले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts