Saturday, March 19, 2016

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा १ करोड ८१ लाख खर्च

काठमाडौं,चैत ७ । अर्थ मन्त्रालयले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण खर्च एक करोड ८१ लाख ८६ हजार निकासा दिएको छ । ओलीले ७-१२ फागुनसम्म भारतको राजकीय भ्रमण गरेका थिए । अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्च शीर्षकबाट पराराष्ट्र मन्त्रालयलाई रकम निकास दिएको हो ।

भ्रमण दलका सदस्यको दुईतर्फी हवाई टिकट राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सबाट खरिद गरिएको थियो ।भ्रमण दलका सदस्यले तहअनुसारको दैनिक भ्रमण भत्ता अमेरिकी डलरमा पाउने व्यवस्था छ । दलमा सहभागी उद्योगी व्यपारीले आउने जाने र बसाइखर्च आफैँ व्यहोरेका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts