Saturday, March 19, 2016

हिमालय एयरलाइन्सको परीक्षण उडानमा प्रधानमन्त्री

काठमाडौं,चैत ७ । प्रधानमन्त्री केपी ओली सञ्चालनमै नआएको निजी वायुसेना कम्पनीको उडानबाट चीन जाने भएपछि उनको भ्रमण सुरुमै विवादमा परेको छ । कानुनी रुपमा कागजात मिलाएर पनि व्यावहारिक रुपमा भने परीक्षण उडानबाटै उन बिेइजिङ जाँदैछन् । आजको कारोबार दैनिकमा समाचार छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमसँग भएका जाहाजलाई लत्याउँदै बिनाप्रतिस्पर्धा हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरेर उनी चिन भ्रमणमा जान लागेका हुन् ।

आइतबारदेखि हुने उनको भ्रमणमा चीनसँग गरिने सम्झौताभन्दा जहाज चार्टरको विवादले प्राथमिकता पाएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाटै हिमालय एयरलाइन्सको जहाज प्रयोग गर्ने निर्णय गराएका हुन् । प्रधानमन्त्रीले प्रयोग गर्ने निर्णय गरेपछि हिमालय एयरलाइन्सको जहाज काठमाडौं अवतरणगरेको साता नवित्दै नागरिक उड्डयन प्राधिकरणले एओसी प्रमाणपत्र दिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts